२५ माघ २०८२, आइतबार

रोल्पामा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु,७ जना घाइते

प्रकाशित मिति :  12 May, 2023 7:24 am


रोल्पा । रोल्पामा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका वडा न ५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।

लुङ्ग्री गाँउापालिकाको दोमैबाट किलाचौर तर्फ जादै गरेको रा १ त ३८८१ नम्बरको ट्याक्टर हिजो बेलुकी ९ बजेको समयमा मछेटीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा लुङ्ग्री गाउँपालिकाकै छन् भने ५ जना सप्तरीका रहेका छन् ।

दुर्घटनापछि स्थानीयवासी र ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेको टोलीले उद्धार गरि मृतक र घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ल्याएको थियो ।

सुनिलस्मृति गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकीको निर्देशनमा गाँउपालिकाको गाडीले घाइतेहरूको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुर्‍याएको थियो ।

ट्याक्टर चालकको अवस्था सामान्य रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा धेरैजसो सडक निर्माणमा संलग्न मजदुर रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !