२५ माघ २०८२, आइतबार

भक्तपुरको चुनदेवीस्थित सोफा कारखानामा भीषण आगलागी

प्रकाशित मिति :  14 May, 2023 9:10 pm


भक्तपुर । भक्तपूरको चुनदेवीस्थिर सोफा काराखानामा भीषण आगलागी भएको छ । आइतबार साँझ ७ बजे सोफा कारखानामा आगलागि भएको हो ।

सोफा कारखानाबाट सल्किएको आगो कम भए पनि पूर्ण रुपमा नियन्त्रमा आउन सकेको छैन । आगो नियन्त्रणमा ल्याउन काठमाडौं र भक्तपुरका पाँच वटा दमकलले प्रयास गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आगो नियन्त्रण लिन सहायता गरेका छन् ।

सोफा कारखानाबाट सल्किएको आगोले वरपरका घरहरुमा समेत क्षति पुगेको छ । स्थानिय टंक प्रसाद भट्टराइका अनुसार सोफा काराखानाबाट सल्किएको आगोले वरपरका ३ वटा घरमा क्षति गरेको छ । क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ । आगलागीको कारण भने खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस !