मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
प्रकाशित मिति : 16 May, 2023 6:51 pm
काठमाडौँ । सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जनआन्दोलन २०६२/२०६३ को जनआन्दोलनका घाइते मुकेशको गत बुधबार निधन भएको थियो। कायस्थ विसं २०६२/०६३ को जनआन्दोलनका घाइते हुन् ।
लोकतन्त्रका लागि भएको भएको आन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका थिए ।
घाइते भएपछि उनी अचेत थिए । अचेत भएका मुकेशको गत बुधबार निधन भएको थियो ।








