२५ माघ २०८२, आइतबार

जापानको सेन्दाईमा भएको बस दुर्घटनामा २ जना नेपालीको मृत्यु

प्रकाशित मिति :  17 May, 2023 10:13 am


काठमाडौँ । जापानको सेन्दाईमा बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ।

मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

उक्त दुर्घटनामा एक जापानी महिलाको पनि मृत्यु भएको छ । बसका चालक भने गम्भीर घाइते भएका छन्।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। रोकिएको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।



प्रतिक्रिया दिनुहोस !