कोशी नामकरणविरूद्ध आन्दोलनः प्रहरीबाट अश्रुग्याँस प्रहार
प्रकाशित मिति : 28 May, 2023 2:06 pm
काठमाडौँ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका आन्दोलनरतलाई प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।
आइतबार बिहानदेखि नै प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरूले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन्।
कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ ।








