२५ माघ २०८२, आइतबार

बागमती र विष्णुमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाइने

प्रकाशित मिति :  29 May, 2023 6:49 pm


काठमाडौं । सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले खाली गर्न दबाब दिँदै आएको अवस्थामा संघीय सरकारले बजेटमै त्यसलाई समेटेको हो।

त्यस्तै सरकारले १० वटा पुरातात्विक महलहरुको पुनर्निर्माण सम्पन्न गर्ने भएको छ। ती पूर्वाधार सरकारी भवन मापदण्डको आधारमा बन्ने भएका छन्।



प्रतिक्रिया दिनुहोस !