१३ बैशाख २०८१, बिहिबार

भीरकोट नगरपालिकाको भाग्योदय विद्यालयले गरेन कक्षाकोठा निर्माण गर्दाको बिल भरपाई

प्रकाशित मिति :  30 May, 2023 12:05 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ मा रहेको भाग्योदय माध्यमिक विद्यालयले कक्षाकोठा निर्माण गर्दा बिल भरपाई नगरेको पाइएको छ । महालेखापरिक्षक कार्यालयलकाे वार्षिक प्रतिवेदन २०७९ ले विद्यालयले १ करोड २८ लाखमा निर्माण गरेको कक्षाकोठाको कार्यसम्पन्र प्रतिवेदन लगायत खर्चको बिल भरपाईहरू पेश नगरेको औंल्याएको छ ।

प्रतिवेदनमा भनिएको छ,”आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ को ३९ (५) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बिल, भरपाई प्रमाण र कागजात संलग्न हुनुपर्ने उल्लेख छ । नगरपालिले भाग्योदय मा । वि लाई कक्षाकोठा निर्माणाको लागि रु। १ कराेड २८ लाख निकास दिएकोमा उक्त रकमको कार्यसम्पन्र प्रतिवदेन लगायत खर्चको बिल भरपाईहरू पेश भएको छैन ।”

उक्त रकमहरू खर्च भएको बिल भरपाई पेश गर्न महालेखापरिक्षकको कार्यालयले निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !