२४ माघ २०८२, शनिबार

पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

प्रकाशित मिति :  5 June, 2023 10:12 am


पाल्पा । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

दुर्घटनामा दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपनिरिक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् ।

आइतबार बेलुका भएको जीप दुर्घटनामा घाइते भएका अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।

अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतमको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको थियो ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजे पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटना भएको थियो ।



प्रतिक्रिया दिनुहोस !