२४ माघ २०८२, शनिबार

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै

प्रकाशित मिति :  6 June, 2023 9:58 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ बजे खप्तड प्रस्थान गरेका छन् ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्न प्रधानमन्त्र प्रचण्डसहितको टोली खप्तड क्षेत्र जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

सम्मेलन योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

खप्तड क्षेत्र सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा परिचित छ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्ला संगम स्थलकोरूपमा रहेका यस क्षेत्र बहुमूल्य जडीबुटीका लागि समेत प्रख्यात छ । खप्तड बाबाले तपस्या गरेका कारण पनि खप्तड प्रशिद्ध मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !