१६ चैत्र २०८०, शुक्रबार

छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने ३४२ विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरको चेतावनी

प्रकाशित मिति :  6 June, 2023 10:20 am


काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।

एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको हाे ।

काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियामली उल्लङ्गन गरी छात्रवृत्तिको वितरणको विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयलाई चेतावनी दिएको हो ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचनामा उल्लेख छ ।

यी हुन छात्रवृत्ति वितरण विवरण उपलब्ध नगराउने विद्यालय



प्रतिक्रिया दिनुहोस !