सफा हिमाल अभियान २०२३ सम्पन्न, सगरमाथासमेत हिमालबाट करीब ३६ टन फोहोर संकलन
काठमाडौँ । सफा हिमाल अभियान २०२३ अभियानबाट सगरमाथासहितका चुचुराबाट ३५ हजार ७०८ किलो फोहर संकलन भएको छ ।
नेपाली सेनाको नेतृत्व तथा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने अभियान सम्पन्न भएको हो ।

सफा हिमाल अभियान ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य लिइ यो वर्ष गत जेठ ८ गते सम्पन्न भएको थियो।
स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो फोहोर र प्लास्टिक संकलन भएको छ। अन्नपूर्णबाट ३ हजार ५६७ किलो र र बरुञ्चेबाट १८ हजार ५२० केजी गरी फोहोर यी क्षेत्रबाट हटाइएको हो।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित भएको महसुस गरेको बताए।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरु सहयोग हुने भएकाले नेपाली सेनाले यस्ता अभियानको नेतृत्व गर्दै आएको छ ।









