२३ माघ २०८२, शुक्रबार

तराइमा गर्मी केही दिन अझै नघट्ने, पहाडमा वर्षा र तराइमा लु चल्ने, यस्ताे छ बुधवारकाे माैसम

प्रकाशित मिति :  7 June, 2023 6:53 am


काठमाडाैँ । तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने जल तथा माैसम पूर्वानु विभागले जनाएकाे छ । 

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ तथा  गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

पहाडी भुभागका केही स्थानमा पानी पर्न सक्ने र  तराइमा  भू-भागहरूमा तातो हावा / लू चलिरहेकाले विभागले सचेत बनाएकाे छ । “पहाडी भू-भागहरुका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” विभागकाे बुलेटिनमा उल्लेख् छ ।



प्रतिक्रिया दिनुहोस !