२४ माघ २०८२, शनिबार

स्याङ्जामा लागुऔषधसहित एक जना पक्राउ

प्रकाशित मिति :  7 June, 2023 8:31 am


काठमाडाैँ । स्याङ्जामा लागुऔषधसहित एक जना पक्राउ परेका छ्न् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका वडा नम्बर ४ रामकोषमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग। २ ख। ५१५ नं।को यात्रु बाहक बस चेकजाँच गर्दा भक्तपुर घर भै पोखरा बस्दै आएका ५० वर्षीय दिनेश महर्जन पक्राउ परेका हुन् ।

सोमबार पक्राउ परेका महर्जनको साथबाट दुई एमएलको झोल सहितकोे फेनेरागन ६४ एम्पुल, नुफिन ६४ एम्पुल र डाईजेपाम ६४ एम्पुल गरी जम्मा १९२ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ परेका निजलाई स्याङ्जा जिल्ला अदालतबाट मंगलबार म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !