अखण्ड भारत’ नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने
प्रकाशित मिति : 7 June, 2023 11:17 am
काठमाडौँ । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ । यसका लागि सरकारले आफ्नो भारतीय मिसनलाई निर्देशन दिएको हो ।
बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।
बंगलादेशको विपक्षी बंगलादेश नेसनालिस्ट पार्टीले भारतीय नक्सा आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताका लागि चुनौती हुन सक्ने भन्दै विरोध जनाएको थियो ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मे २८ मा नयाँ संसद् भवनको उद्घाटन गरेका थिएँ । सो भवनमा राखिएको मुरल नक्साले नेपालमा पनि विरोध उत्पन्न भइरहेकाे छ ।








