४ पुस २०८२, शुक्रबार

तोलामा २०० रुपैयाँ बढ्यो

प्रकाशित मिति :  7 June, 2023 11:56 am


काठमाडौँ । आज वुधबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज वुधबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १२ हजार १५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज वुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ र महासंघको जानकारी अनुसार मंगलबार तोलाको १४२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज वुधबार पनि सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !