८ बैशाख २०८१, शनिबार

स्याङ्जामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  7 June, 2023 9:57 pm


काठमाडाैँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवारी चालक स्याङ्जा वालिङ् नगरपालिका यलादी बस्ने ३५ वर्षीय अमृत खनाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जाको शिरुवारीबाट फर्कदैँ गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समवन्य समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर घाइते भएका सवारी चालक खनालको जिल्ला अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका छन् ।

गाडी सडकबाट अन्दाजी ५० मिटर तल खसेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !