५० हजार घुससहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारी पक्राउ
प्रकाशित मिति : 9 June, 2023 11:47 am
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत कर्मचारी घुससहित पक्राउ परेका छन् । शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई ५०हजार घुसहित पक्राउ गरेको जनाएको छ ।
टोलीले उनलाई आज (शुक्रबार) बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो ।
भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ ।








