तिलोत्तमामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाईते
प्रकाशित मिति : 11 June, 2023 9:40 am
रुपन्देहीको तिलोत्तमामा स्कारपियो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिका- ३ शान्तिकुञ्जमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा स्कारपियोका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडकको पोलमा ठोक्किएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन्।








