४ पुस २०८२, शुक्रबार

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

प्रकाशित मिति :  12 June, 2023 4:09 pm


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा गरिएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो ।

अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्षहरूमा आशीष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उमेदवारी घोषणा गरिएको छ ।

यस्तै, महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरूमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपाल छन् । कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उमेदवारी घोषणा गरिएको छ ।

उमेदवारी घोषणा गर्दै अध्यक्ष पदका उमेदवार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणपछि देश ऊर्जामय बनेको बताए ।

उनले आगामी दिनमा आफूहरूले संसदमा पेस भइसकेको विद्युत ऐनका बारेमा सुझावहरू दिनुपर्ने आवश्यक्ता देखिएको बताए । कार्कीले सरकारले काम नगर्ने र लगानीकर्तालाई मारमा पार्ने काम भइरहेको गुनासो पनि गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशको व्यापार घाटा कम गर्न जलविद्युत् क्षेत्रलाई व्यवस्थित र विस्तार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले रुग्ण जलविद्युत परियोजनालाई पनि समेट्ने गरी इप्पानले काम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !