आजदेखि रिङ रोडका टिकट काउण्टरको बोर्ड हटाइने
काठमाडाैँ । आज (शुक्रवार) देखि काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले उपयुक्त स्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि गठन गर्ने निर्णय भएको बताए । उनले यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा कार्यदलले स्थान तोक्ने निर्णय भएको बताए।
महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि. सदस्य रहेका छन् ।
काठमाडौं महानगरपाकिलाका प्रमुख बालेन्द्र साहको उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले यो निर्णय गरेको हो ।








