२२ बैशाख २०८१, शनिबार

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पर्यटन मन्त्री किराँतीले सोधे दोस्रो पटक स्पष्टीकरण

प्रकाशित मिति :  6 July, 2023 1:07 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेका छन् ।

मन्त्री किराँतीले पहिलोपटक सोधेको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पुनः दोस्रोपटक स्पष्टीकरण सोधका हुन् ।

मन्त्री किरातीले ७ दिनको म्याद गदिएर गत असार ११ गते सोधेको ९ बुदे प्रश्नको जवाफ महानिर्देशक अधिकारीले दिएनन् । जवाफ नआएपछि बुधबारको बसेको मन्त्रिस्तरीय बैठकले के कति कारणले जवाफ नपठाएको हो स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन निर्देशन दिएको हो ।

मन्त्रालयले तीन दिन समय राखेर सोधिएको स्पष्टीकरणको पनि जवाफ नदिए कानुनअनुसार प्रक्रिया अगाडि बढाएर अधिकारीलाई निलम्बन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !