७ पुस २०८२, सोमबार

काजमा बस्ने डाक्टरहरुलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत

प्रकाशित मिति :  13 July, 2023 12:55 pm


काठमाडाैं । स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको बताए । ।

आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बस्नेतले बताए ।

बस्नेतले भने, ‘मलाई चाहि धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकिय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौं । थिति बसाल्छौं । संविधानलाई कार्यान्वयन गर्छौं ।’

स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाउँदै स्वास्थ्यमन्त्री बस्नेतले भने ‘संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँुच नभएको स्थानमा डाक्टरहरुको पहुँच पु¥याएर नै छोड्छाैं ।’

उनले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए ।

सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था अवस्थामा दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको मन्त्री बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस !