लम्पि स्किन रोग नियन्त्रणका विषयमा संसदलाई जानकारी गराउन सभामुखको निर्देशन
प्रकाशित मिति : 14 July, 2023 3:48 pm
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसदलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पिस्किन रोगको रोकाथामका लागि सरकारले गरेको कामको बारेमा संसदलाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई निर्देशन दिएका हुन् । उनले प्रतिनिधि सभा बैठकमा यस रोगको सम्बन्धमा विगतदेखि नै कुरा उठिरहेकाले यस सम्बन्धि स्पष्ट पार्न निर्देश गरे।
उनले भने – ‘लम्पिस्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरुदेखि आजका बैठकमा पनि माननीय सदस्यहरुबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरुको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु ।’








