अर्थमन्त्री महतको दाबी,‘अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको छ’
प्रकाशित मिति : 14 July, 2023 3:50 pm
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको दाबी गरेका छन् ।
उनले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए ।
अर्थमन्त्री महतले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे ।
उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको बताए ।
अर्थमन्त्री महतले भने,“यसपाली करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ ।”
ब्याजदर पनि थप सहजता हुन बित्तिकै थप चलायमान हुने अर्थमन्त्री महतको विश्वास छ ।








