राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बजेटसम्बन्धी तीन विधयेक प्रमाणीकरण
प्रकाशित मिति : 16 July, 2023 2:38 pm
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विधयेक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका ३ विधेयक प्रमाणिकरण गरेको राष्टिपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले आइतबार (आज) विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन् ।
संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रमाणीकरणका लागि पेश भएका विधेयकहरु संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणिकरण गरेका हुन् ।









