२४ बैशाख २०८१, सोमबार

नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छः सांसद पन्त

प्रकाशित मिति :  16 July, 2023 6:12 pm


काठमाडाैँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडी बढ्नेमा आशंका व्यक्त गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गरेका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडी बढ्ला भन्नेकुरामा शंका गर्ने ठाउँ रहेको उल्लेख गरे । उनले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘यसमा सरकारलाई आर्थिक दायित्व नपर्ने र लिबरल आर्टलाई अलि नयाँ ढंगले पढाउँछौँ भनेर आउनुभएको छ भने लिबरल आर्ट जरुरी छ । किनभने अहिले लिबरल आर्ट भनेको डाक्टर, इन्जिनियर र वैज्ञानिकलाई पनि आर्ट पढाउनुपर्छ । आर्टको केही पक्ष पढाउनुपर्छ । किनभनेर डाक्टर, इन्जिनियर मेनपावर भनेको पनि रोबर्ट जस्तो होइन । मानविय हुनुपर्छ । मानविय बनाउने विषय लिबरल आर्ट हो । त्यसैले लिबरल आर्टसँग सम्बन्धित राम्रा कलेजहरु चाहिन्छ । तर टियु नै यस विषयमा राम्ररी चल्न नसकेको, टियुसँग सम्बन्धन प्राप्त कलेजहरु नै राम्ररी अगाडी बढ्न नसकेको अवस्थामा यो विश्वविद्यालय कति अगाडी बढ्ला अलिकती शंका गर्ने ठाउँ छ ।’ 

उनले लिबरल आर्ट सम्बन्धी कलेजहरूकाे आवश्यकता रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !