३ पुस २०८२, बिहिबार

प्रदेशलाई ‘फुलफेज’को अधिकार दिन नेतृत्व उदासिन देखियो : अमरसिंह पुन

प्रकाशित मिति :  19 July, 2023 3:00 pm


काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बलियो संघीयताको लागि तहगत अधिकारको सुनिश्चितता हुनपर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय समितिको बैठकमा पुनले कांग्रेसलाई जनस्तरमा बलियो एवम लोकप्रिय बनाउनको लागि तहगत अधिकार प्रत्यायोजन गर्न विलम्भ गर्न नहुने प्रस्ताव राखेका छन् ।

प्रदेश समिति र प्रदेश सरकारलाई फुलफेजको अधिकार दिन केन्द्रीय नेतृत्व किन उदासिन छ ? प्रश्न गर्दै पुनले भने “यदि प्रदेश समितिको आवाश्यकता र महत्व कांग्रेसलाई छैन भन्ने लाग्छ भने यहि बैठकबाट प्रदेश संरचना खारेज गरौ, हामी हाम्रो पदीय जिम्मेवारीबाट राजिनामा दिन तयार छौ ।”

टिकट र अवसरका लागि पार्टी चाहिने तर पार्टीको तर्फबाट निर्वाचित भैसकेपछि पार्टी र कार्यकर्ताप्रतिको जवाफदेहितामा उदासीनता देखिने प्रवृति बढेकोले पार्टी र निर्वाचित जनप्रतिनिधि बिच समन्वयात्मक सम्बन्ध स्थापित गर्न नसेकेको उल्लेख गरे ।

पुनले लामो समयदेखि क्रियाशिल भइ पार्टीमा योगदान दिएका साथीहरूलाई बेवास्था गरेर एकै व्यक्ति बारम्बार एउटै पदमा नियुक्ति गरिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

पुनले भने “सबैलाई उपयुक्त र दक्षता अनुसारको स्थान र अवसर दिन कांग्रेस चुक्नु हँदैन, यसले पार्टीको जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने खतरा बढेर गएको छ।”

वडा तहदेखि केन्द्रसम्म नै पार्टीलाई प्रविधि मैत्री सामाजिक संजालका विभिन्न प्ल्याटफर्मको सदुपयोग गर्दै जनतामा पार्टीका दैनिक गतिबिधि प्रवाह गर्न विशेष संयन्त्र निर्माण गर्न पुनले सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !