४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रकाशित मिति :  22 July, 2023 7:07 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा रहने छिन् ।

प्रधानमन्त्री दाहाललाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा।वैकुण्ठ अर्याल लगायत नेताहरु विमानस्थल पुगेका थिए ।

प्रचण्डले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रूपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !