४ जेष्ठ २०८१, शुक्रबार

सबै देशसँग सुमधुर सम्बन्ध बनाइरहनु आवश्यकता छ: उपराष्ट्रपति यादव

प्रकाशित मिति :  23 July, 2023 5:53 pm


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित हनोररी काउन्सिलर क्रप्स नेपाल (एचसीसीएन) को १६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका हुन् ।

उनले दौंत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रूपमा भित्र्याउन (एचसीसीएन) को प्रमुख भुमिका रहेको बताए । उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटन लगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन आवश्यक रहेको बताएका छन् ।

उपराष्ट्रपति यादवले एचसीसीएनले जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्युनिकरण गर्नमा सम्बन्धित देशसँग पहल गर्न केन्द्रित हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !