४ जेष्ठ २०८१, शुक्रबार

माओवादी केन्द्र नेतृत्वको सरकारलाई सडकबाट साथ दिइरहेका छौँ : विप्लव

प्रकाशित मिति :  24 July, 2023 4:15 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भ्रष्टाचार विरुद्धको अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई आफ्नो पार्टीले सडकबाट साथ दिइरहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा विप्लवले भ्रष्टाचार विरोधी लडार्इंमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको भन्दै त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिईरहेको दाबी गरे ।

उनले भने,“एउटा लडाई जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो । हामीले भनेका छौं–सरकारले त्यो लडाईँ लडनु पर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र, हामीले दिएका पनि छौं ।”

महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकीर समेत गर्नु भयो । उनले यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस !