४ जेष्ठ २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

प्रकाशित मिति :  25 July, 2023 11:28 am


काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य नेता युआन जियाजुनलगायतको टोलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।

मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटघाट भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।

तीन दिनदेखि नेपाल भ्रमणमा रहेका जियाजुनले यसअघि रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !