७ जेष्ठ २०८१, सोमबार

नेपाली काँग्रेसको विकल्प अरू हुन सक्दैन, एक भएर अघि बढौँः शशांक कोइराला

प्रकाशित मिति :  25 July, 2023 12:14 pm


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। शशांक कोइरालाले नेपाली काँग्रेसको विकल्प अरू हुन नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए ।

कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए ।

उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो रु त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरू छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’

नेता कोइरालाले नेपाली काँग्रेस एक हुनसके कसैले हराउन नसक्ने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस !