८ जेष्ठ २०८१, मंगलबार

सभापति शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

प्रकाशित मिति :  25 July, 2023 12:56 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले मंगलबार आफ्नै निवास धुम्बाराहीमा अपरान्ह चार बजे पदाधिकारी बैठक बोलाएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक चलिरहँदा सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । उक्त बैठकको समापनको लागि निर्णयको तयारी गर्न आजको पदाधिकारी बैठक बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !