सुनको मूल्य ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम
प्रकाशित मिति : 27 July, 2023 11:46 am
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेर्कड कायम कायम राखेको छ ।
बुधबार सुनको प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १३ हजहार ५ सय रुपैयाँ र तेजाबी सुन१ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यसअघि गत साउन ४ गते सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ ।
हिजो मंगलबार स्नको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो
हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो।








