६ पुस २०८२, आइतबार

बुटवल केन्द्रीय कार्यालय रहने ‘ट्रष्ट माइक्रो इन्स्योरेन्स’ले अझै अनुमतिपत्र पाएन

प्रकाशित मिति :  15 August, 2023 3:02 pm


काठमाडौँ । बुटवल केन्द्रीय कार्यालय रहने गरी आसयपत्र प्राप्त गरको ट्रष्ट माइक्रो इन्स्योरेन्सले लगाउनी जुटाउन नसकेपछि अझै अनुमतिपत्र प्राप्त गर्न सकेको छैन ।

सबै लघु बिमा कम्पनीले अनुमतिपत्र लिए पनि ट्रष्ट माइक्रो इन्स्योरेन्सले अझै लिन सकेको छैन ।

साउन २६ गते बसेको प्राधिकरणको बैठकले मधेस प्रदेशको जनकपुरमा केन्द्रीय कार्यालय रहेको स्टार माइक्रो इन्स्योरेन्स र गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई अनमुति पत्र दिए पनि ट्रष्ट भने छुटेको छ । अन्य ४ वटाले यसअघि नै लाइसेन्स प्राप्त गरिसकेका छन् ।

विराटनगर केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफ, चितवन केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स, सुर्खेत केन्द्रीय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफ र धनगढी केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रोले कारोबार आरम्भ समेत गरिसकेका छन् ।

बिमा प्राधिकरणले २०७९ मंसिर ११ गते ७ वटा लघुबिमा कम्पनीले आसयपत्र प्राप्त गरेको थियो ।

प्राधिकरणले निवेदन दिएका ३१ मध्ये ४ वटा निर्जीवन र ३ वटा जीवन बिमा कम्पनीहरूलाई आसयपत्र दिएको थियो । अन्य सबैले लगानी जुटाएर अनुमतिपत्र लिइसकेपनि ट्रष्ट माईक्रो भने बाँकी रहेको छ ।

प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले लगानी जुटाएकाले अनुमति लिएको बताए । उनले लगानी जुटाउन नसकेको कम्पनी अनुमपति पत्र प्राप्त गर्न बाँकी रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !