६ जेष्ठ २०८१, आइतबार

१५ औं संस्करणको नाडा अटो शो भदौ २६ गतेदेखि सुरु, १२० वटा स्टल रहने

प्रकाशित मिति :  28 August, 2023 1:36 pm


काठमाडौं । करिब चार वर्षपछि नाडा अटो शो आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले यही भाद्र २६ देखि ३१ गते नाडा अटो शो आयोजना गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै नाडाले नाडाले काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलम १५ ओैं संस्करणको मेला भदौ २६ देखि ३१ सम्म आयोजना गर्ने जनाएको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरू रहने छन्। नाडाका अनुसार प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय वाण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइने २२ वटा बाहका दुई पाङग्रे ७ वटा ब्राण्डका नाइट कमशियन मेडिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको नाडाले जनाएको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपदिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरू साने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरूका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

त्यस्तै नाडाले आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सड़क सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौको सूचना(कक्ष समेत प्रदर्शनीमा रहको जनाएको छ ।

उक्त प्रदर्शनीको सिर्फ प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सहप्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ। यसैगरी प्रदर्शनीको डोर प्राइजमा पाडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा बन्डलिङ, फायर सेफ्टी सपोर्टमा टिकी प्रा.लि. एवं हस्पिटल पार्टनरमा फन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् तथा प्रदर्शनीको व्यवस्थापन लावत एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

नाडा अटो शो २०२३ समिति सभापति अनुप कुमार बरालले अटो क्षेत्र चलायमाा नभएको बेलामा पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस मेलाले सहज बनाउने जनाएका छन् ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपदिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरू साने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरूका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको नाडाले जनाएको छ।

छ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२३मा लगभग ७५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ। यस वर्षको थप आकर्षणमा कु नेपाल प्रा लि को प्रायोजनमा नाडाले थ्बमभब भ्डक् एचय भ्भिअतचष्अ क्अययतभच टिकटको लम्बी इ गरी भाग्यमानी एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको नाडाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !