२० बैशाख २०८१, बिहिबार

आज ऋषितर्पणी, डाेरा र राखी बाँधेर मनाइँदै 

प्रकाशित मिति :  31 August, 2023 8:06 am


काठमााडाैँ । आज ऋषि तर्पणाी अर्थात् जनै पूर्णिमा । वैदिक धर्म पालन गर्ने समुदायले हातमा ब्राह्मण पुरोहितसँग मन्त्रेको डोरा लगाएर मनाउने गरिएकाे छ । 

आजकै दिन विशेषगरी नेपालकाे तराइ क्षेत्र र भारत लगायतका मुलुकमा दाजुभाइ दिदी बहिनीले एकर्कामा राखी बाँधेर दीर्घायूकाे कामना गर्दै जनैपूर्णिमा मनाउने प्रचलन रहेकाे छ। 

आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने प्रचलन छ। रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । 

विश्वव्यापीकरणकाे पछिल्लाे समयमा विश्वभर छरिएका वैदिक धर्म पालना गर्ने समुदायले आआफ्नाे तरिकाले आजकाे दिन मनाउने गरेका छन् । 

बिहानै उठेर स्नान गरी सनातन धर्मका अनुयायीहरूकाे पुर्खा अर्थान् ऋषिहरुकाे तर्पण गर्ने गरिन्छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

आजै ब्राह्मण र क्षत्रीय पुरुषहरूले हिन्दु परम्परा अनुसार मन्त्रेकाे यज्ञोपवीत अर्थात जनै लगाउने/फेर्ने चलन रही आएको छ ।  सरकारले आज सार्वजनिक विदासमते दिएकाे छ।

नेवार समुदायमा आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” काे रूपमा मनाउने प्रचलन छ। उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

जनैपूर्णिमामा भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको “क्वाति” खाने चलन छ। हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । 

दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ ।



प्रतिक्रिया दिनुहोस !