‘आईएमई लाइफ विजनेस एक्सिलेन्ट अवार्ड २०२३’ सम्पन्न

काठमाडौँ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न गरेको छ।
कम्पनीमा आवद्ध भई सक्रिय रुपमा लागेका अभिकर्ताहरुको सम्मान तथा उत्प्रेरित गर्ने उद्देश्यले शुक्रवार होटेल ह्यात रिजेन्सीमा एक कार्यक्रमकाबिच सम्मान गरिएको हो। कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ता उपस्थित थिए।
अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका सञ्चालक समितिका सदस्यहरु उपस्थित थिए।
कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले बिमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पु-याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिएको बताए ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का ढकालले कम्पनीले पछिल्ला ६ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको चर्चा गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आईएमई लाइफले फड्को मारिरहेको बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरि सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे।
आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरेको हो । कम्पनीले अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्दै आएको छ।