१ पुस २०८२, मंगलबार

साधना लघुवित्त र सबैको लघुवित्तबिच मर्जरको तयारी

प्रकाशित मिति :  3 September, 2023 11:57 am


काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने (मर्ज) हुने भएरका छन् । यी दुवै वित्तीय संस्थाबीच भदौ १५ गते शुक्रबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र सबैको लघुवित्तका तर्फबाट अध्यक्ष नारायणप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्ष थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशवकुमार पौडेल रहनेछन्।

मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने सहमति भएकोछ।

नेपाल स्टक एक्सचेन्जका अनुसार अब यी दुवै लघुवित्तका आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का हुने भएको छ।



प्रतिक्रिया दिनुहोस !