२२ बैशाख २०८१, शनिबार

अपर तामाकोशीको हकप्रदमा आजदेखि आवेदन खुला

प्रकाशित मिति :  4 September, 2023 12:26 pm


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आज भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले १ : १ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

उक्त हकप्रदमा बुकक्लोज हुन अगाडीसम्म कायम सेयरधनी सहभागी हुन पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।

हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोडको पुग्नेछ ।

भदौ १८ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले उक्त हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।

उक्त हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा नागरिक लगानी कोषको कार्यालय र अपर तामाकोशीको रजिष्टर्ड कार्यालयबाट साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !