२२ बैशाख २०८१, शनिबार

नेप्सेमा परिसूचक ७ अंकले बढ्यो

प्रकाशित मिति :  4 September, 2023 3:35 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा सामान्य अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमुह बढेका छन् भने बाँकी एक उपसमुह घटेको छ ।
सोमबार आइएमई लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

आजको दिन नेप्सेमा थ्रि स्टार हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने लिबर्टी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २७० कम्पनीको ३४ लाख ३२ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६ सय ९७ रुपैयाँको कारोबार भएको नेपसेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !