२२ बैशाख २०८१, शनिबार

भदौ २८ गतेदेखि आइपीओ निष्काशन गर्दै मिड सोलु हाइड्रो

प्रकाशित मिति :  5 September, 2023 11:48 am


काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमीटेडले साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २८ गतेदेखि सर्वसाधारणका लागि ६ लाख बढी कित्ता सेयर आइपीओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको ६ लाख २१ हजार १७ सय २ कित्ता सेयरको निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो ।

सअघि कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रकम बराबरको रु। १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निश्कासन गरी बाँडफाँड गरिसकिएको छ ।

जारी पूँजीको १० प्रतिशत अर्थात ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकिएको तथा १४ हजार ९६८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको कित्ता सर्वसाधारणका लागि निश्कासन हुन लागेको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।

लगानीकताले सेयर खरीदका लागि छिटोमा असोज १ गतेभित्र र सो अवधिसम्म सबै सेयर बिक्री नभए ढिलोमा असोज ११ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।



प्रतिक्रिया दिनुहोस !