२२ बैशाख २०८१, शनिबार

नेप्से परिसूचक ६ अंकले घट्दा कारोबार रकम ७९ करोडमा सीमित

प्रकाशित मिति :  5 September, 2023 5:41 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ६।४५ अंकले बढेर १९६१।३७ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०।४७ अंकले घटेर ३७७।२४ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ ।

आजको दिन एनएमबी म्यूचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन आरबीबी म्यूचुअल फण्ड–२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २७७ कम्पनीको २४ लाख ८० हजार ९ सय २९ कित्ता सेयर किनबेच हुँदा ७९ करोड ६८ लाख ७० हजार ४ सय ८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !