५ जेष्ठ २०८१, शनिबार

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम

प्रकाशित मिति :  8 September, 2023 1:42 pm


काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । केही दिनदेखि लगातार बढेको डलरको मूल्यले शुक्रबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो।

२१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो ।

यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ। नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ। यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ। एक डलर बराबर ८३।१३ भारतीय रुपैयाँ तय भएको छ।



प्रतिक्रिया दिनुहोस !