५ जेष्ठ २०८१, शनिबार

सानिमा इक्विटी फण्डले १८ प्रतिशत लाभांश दिने घोषणा

प्रकाशित मिति :  10 September, 2023 11:12 am


काठमाडौं । सानिमा इक्यूटी फण्डले लाभांश घोषणा गरेको छ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त फण्डले आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सानिमा क्यापिटल लिमिटेडको भदौ २२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ। जसअनुसार समितिले १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !