२९ मंसिर २०८२, सोमबार

एनआईसी एसिया बैंकले गर्‍यो ३० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  15 September, 2023 12:27 pm


काठमाडौं । एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

शुक्रबार (आज) बिहान १० बजे बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत कर प्रयोजनार्थ रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।



प्रतिक्रिया दिनुहोस !