१७ बैशाख २०८१, सोमबार

नेप्से परिसूचक ४ अंकले बढ्यो

प्रकाशित मिति :  18 September, 2023 4:00 pm


काठमाडौँ । सोमबार नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४।२६ अंकले बढेर १९६९।१८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०।०१ अंकले बढेर ३७८।७३ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये बैंकिङ उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १२ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा सबैभन्दा बढी रिलायबल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

सोमबार इमर्जिङ नेपाल लिमिटेड र थ्रि स्टर हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९।९९ प्रतिशत र ९।९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन शुभम् पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ९।९९ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २७१ कम्पनीको २८ लाख ७४ हजार २ सय ७५ कित्ता सेयर किनबेच हुँदा ८७ करोड ४ लाख ४४ हजार १ सय ५६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !