२३ बैशाख २०८१, आइतबार

नामियाको अध्यक्षमा शर्मा, यस्तो बन्यो नयाँ कार्यसमिति

प्रकाशित मिति :  23 September, 2023 6:40 am


पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को अध्यक्षमा कृष्ण शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रवार अबेर राति सम्पन्न नामियाको औठौँ साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्षसमेतका पदमा एकल उम्मेद्वारी परे पनि उपाध्यक्ष र सदस्यमा भने निर्वाचन भएको हो।

निर्वाचनमा उपाध्यक्ष सुनिता न्हेमाफूकीले निकटतम प्रतिद्वन्द्वी सविन्द्र त्रिपाठी विरुद्ध १४६ मतसहित फराकिलो जीत हासिल गरेकी हुन्।

कुल २२३ मत खसेकोमा त्रिपाठीले ७३ मत प्राप्त गरेका‌ हुन्।

अधिवेशनबाट महासचिवमा अर्जुन प्रसाद लुईटेल, सचिवमा गौरव श्रेष्ठ र कोषाध्यक्षमा श्रीकृष्ण अधिकारीलाई निर्विरोध निर्वाचित भएका छन्।

पोखरामा सम्पन्न निर्वाचन बाट सदस्यमा राजेन्द्र जङ रायमाझी, गौतम महर्जन, सन्तोष कुमार श्रेष्ठ, रोशन प्रसद ढकाल, सकल थापा, पुस्कल गिरि र हरि खरेल निर्वाचित भएका छन्। यसैगरी सदस्यमा सकुन्तला कुमारी सुवेदीलाई निर्विरोध निर्वाचित गरिएको छ।



प्रतिक्रिया दिनुहोस !