२० माघ २०८२, मंगलबार

पौने १९ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

प्रकाशित मिति :  24 September, 2023 12:53 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब पौने १९ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।



प्रतिक्रिया दिनुहोस !