८ पुस २०८२, मंगलबार

आज काठमाडौँमा निशुल्क बस सेवा,यस्तो छ रुट

प्रकाशित मिति :  15 November, 2023 3:05 pm


काठमाडौँ। सर्वसाधारणको सुविधा तथा सहज आवागमनका लागि आज काठमाडौँ उपत्यकाका २ वटा रुटमा नेपाल प्रहरीले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।

उपत्यकामा सार्वजनिक सवारी साधनको सङ्ख्या न्यून हुने भएकाले भाइटीकाको दिन (आज) बिहान र अपरान्ह गरी दुई चरणमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

बस नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुन: नक्सालसम्म चल्नेछ ।

अर्को रुट नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट हुँदै पुनः नक्सालसम्म बस सञ्चालन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले जनाएको छ । हरेक वर्ष प्रहरीले यसरी निशुल्क बस सेवा प्रदान गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !